कारोबार रकम ३ अर्ब तल झर्दा सेयर बजारमा पहिरो

कारोबार रकम ३ अर्ब तल झर्दा सेयर बजारमा पहिरो


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ५३.१० अंकले घटेर २४५५.८० विन्दुमा झरेको छ । नेप्से २.१२ प्रतिशतले घटेको हो । यता सेन्सेटिभ परिसूचक भने ९.३४ अंकले घटेर ४६४.७९ विन्दुमा झरेको छ ।  

कूल २२६ वटा कम्पनीको ६५ लाख ६० हजार ९ सय ४७ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ६६ करोड ३९ लाख ९ हजार ६ सय २० रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ । 

कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहको सेयर घटेको छ । आज सबैभन्दा धेरै व्यापार समूहको सेयर घटेको छ । 

आज नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ११ करोड ८८ लाख १५ हजार ९ सय ७७ रूपैयाँको कारोबार भएको छ । 

बुधबार स्टान्डर्ड चार्टड बैंक लिमिटेडको सेयरमूल्य सर्वाधिक बढेको छ । आज कम्पनीको सेयर मूल्य १.९४ प्रतिशतले बढेर ४ सय ५० रुपैयाँ ८० पैसामा अन्तिम कारोबार भएको छ । त्यस्तै सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य सर्वाधिक घटेको छ । आज कम्पनीको सेयर मूल्य ८.५४ प्रतिशतले घटेर १ हजार १ सय ६८ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।