गृहमन्त्रीसँग ८० तोला सुन, लामिछानेको अन्य सम्पत्ति कति ?

गृहमन्त्रीसँग ८० तोला सुन, लामिछानेको अन्य सम्पत्ति कति ?


काठमाडौं– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग ८० तोला सुन, दशौं करोडको जग्गा रहेको देखिएको छ । लामिछानेले मंगलबार आफ्नोसहित श्रीमती निकिता पौडेलको पनि सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

गृहमन्त्री लामिछानेले भक्तपुरमा १ रोपनी १ आना पैतृक सम्पत्ति देखाएका छन् । यस्तै, ग्लोबल आइएमई बैंकमा ५ हजार रुपैयाँ, नेपाल बैंक लिमिटेडमा १ लाख ५ हजार रुपैयाँ मात्र रहेको उल्लेख गरेका छन् ।

साथै, उनको श्रीमती निकिता पौडेलको माइतीको सगोलमा १० रोपनी जग्गा, ८० तोला सुन, २० केजी चाँदी, गोपिकृष्ण सेन्ट्रल कम्प्लेक्समा २५ प्रतिशत शेयर रहेको उल्लेख गरेका छन् । त्यस्तै घर किन्न १ करोड ५० लाख ऋण रहेको उल्लेख छ ।