लक्ष्मी बैंकको लाभांश सुरक्षित गर्ने (भोली) मंसिर २३ गते अन्तिम दिन

लक्ष्मी बैंकको लाभांश सुरक्षित गर्ने (भोली) मंसिर २३ गते अन्तिम दिन


बैंकिङ्ग समाचार, काठमाडौं ।
लक्ष्मी बैंकको लाभांश बुधवारसम्म कायम शेयरधनीले पाउने भएका छन् ।

कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका मंसिर २४ गते बन्द गरेसँगै मंसिर २३ गते बुधवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ८ प्रतिशत बोनस शेयर र ३ दशमलव ५ प्रतिशत नगद लाभांश ९कर प्रयोजनको लागिसमेत० वितरण गर्ने प्रस्ताव गरेको हो । 

उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले पुस ८ गते साधारण सभा बोलाएको छ । कम्पनीले सभा दिनको २ बजे अग्रवाल भवन कमलपोखरीमा गर्ने जानकारी दिएको  छ ।