अर्थमन्त्री पुनकाे सम्पत्ति कति ?

अर्थमन्त्री पुनकाे सम्पत्ति कति ?


काठमाडौं – अर्थमन्त्री वर्षमान पुनकाे बैंक खातामा ३३ लाख ७० हजार ६१८ रूपैयाँ बचत रहेकाे देखिएकाे छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार अर्थमन्त्री पुनकाे एनएमबी बैंक खातामा ३३ लाख ७० हजार ६१८ रुपैयाँ बचत रहेकाे देखिएकाे हाे।

साे रकम प्राप्तिको स्रोतमा तलब भत्ता उल्लेख गरिएको छ। अर्थमन्त्री पुनको रोल्पा नगरपालिका ७ मा ८२० वर्ग मिटरमा फेलिएको घर रहेको र उक्त घर पैतृक रुपमा प्राप्त गरेको विवरणमा उल्लेख गरिएको छ। त्यस्तै, अर्थमन्त्री पुनसँग बा ००१ अ ०००९ नम्बरको सावरी साधन रहेको छ त्यो पार्टीको सम्पत्ति भएको उल्लेख गरिएको छ।