शेयर बजारमा दाेहाेराे अंककाे वृद्धिसँगै २१ माथि उक्लियाे नेप्से परिसूचक

शेयर बजारमा दाेहाेराे अंककाे वृद्धिसँगै २१ माथि उक्लियाे नेप्से परिसूचक


काठमाडाैं – मंगलबार शेयर बजार दाेहाेराे अंकले बढेकाे छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २३.९४ अकंले बढेर २११५.९४ बिन्दुमा बन्द भएको छ। मंगलबार ३१७ कम्पनीको १ करोड ३२ लाख ४१ हजार २१७ कम्पनीको शेयर किनबेच हुँदा ५ अर्ब २० करोड ६२ लाख ८ हजार रुपैयाँको कारोबार भएको छ।

आज फाइनान्स समूहको शेयर ३.५५ प्रतिशतले बढेको छ । त्यस्तै, वाणिज्य बैंकको १.७७ प्रतिशत, हाइड्रोपावर समूहको २.१६ प्रतिशत, माइक्रोफाइनान्स सेक्टरको १.४७ प्रतिशतसहित ११ उपसूचकमा हरियाली आएको हो।

शेयर बजार २ महिनापछि २१ सय अंक नाघेको हाे। आज नेप्से परिसूचक बढे पनि कारोबार रकम घटेको छ। अघिल्लो दिन ५ अर्ब ८५ करोडको कारोबार भएकोमा आज ५ अर्ब २० करोडमा सीमित भयो । १९४ कम्पनीको मूल्य बढ्दा ४३ को घट्यो, ९ को स्थिर रह्यो ।

आज जानकी फाइनान्स, नेरुडे लघुवित्त, सामुदायिक लघुवित्त, बुद्धभुमि नेपाल र मध्यभोटेकोशी जलविद्युतको शेयरमा सकारात्मक सर्किट लागेको छ।