बैंकिङ्ग समाचार, काठमाडौं ।
वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले दशौं वार्षिक साधारण सभा पुस १६ गते गर्ने भएको छ । सभा बिहान ११ बजे धुलिखेल नगरपालिका ४ धुलिखेल स्थित होटल अरनिकोको सभाहलमा हुने जानकारी गराएको हो ।
सभाले २० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारीत गर्नेछ । साथै सभाले यस वोमी लघुवित्त र सुर्योदय लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिने प्रस्तावलाई पनि पारीत गर्नेछ । उक्त मर्जर प्रयोजनको लागि सम्पूर्ण कार्यहरु गर्नका लागि सञ्चालक समितीलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारीत गर्नेछ ।
साथै, सभाले मर्जर समितीबाट निर्धारण गरेको १ः१ अनुपातमा शेयर आदान प्रदान अनुपातलाई पारीत गर्नेछ । साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका पुस १ गते देखि १६ गते सम्म बन्द रहनेछ ।
प्रतिक्रिया