टीकापुर जग्गा प्रकरणमा आरजुको जवाफ : ‘मैले ५० हजार तिरेर किनेकी हुँ’

टीकापुर जग्गा प्रकरणमा आरजुको जवाफ : ‘मैले ५० हजार तिरेर किनेकी हुँ’


काठमाडौं – नेपाली काँग्रेसकी सांसद आरजु राणाले टीकापुरको जग्गा  ५० हजार तिरेर किनेको दाबी गरेकी छिन्। मंगलबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद राणाले उक्त जग्गा सबै प्रक्रिया पुर्‍याएर किनेको दाबी गर्दै टीकापुरमै गएर कागजपत्र हेर्न आग्रह समेत गरेकी छिन्।

राणाले टीकापुरमा आफूले २०५३ सालमा जग्गा किनेको तर घोटाला २०६८ साल पछाडि भएकाे बताएकी हुन् । राणा काँग्रेस सभापति शेरबहादुर देउवाका पत्नी हुन्। राणाकाे यो जग्गा प्रकरणमा नाम मुछिएको छ।