स्वावलम्बन लघुवित्तले बोलायो २५% लाभांश पारित गर्न २०औं साधारण सभा

स्वावलम्बन लघुवित्तले बोलायो २५% लाभांश पारित गर्न २०औं साधारण सभा


बैंकिङ्ग समाचार, काठमाडौं ।
स्वावलम्बन लघुवित्तले पुस १५ गते २०औं वार्षिक साधारण सभा बोलाएको छ । सभा एलिस रिसेप्सन, गैरिधारा काठमाडौंमा बिहान ११ बजेदेखि शुरु हुने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले सभामा गत वर्षको नाफाबाट १९ प्रतिशत बोनस शेयर र करसहित ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ ।

यस्तै, अधिकृत पूँजी रू. १ अर्बबाट बढाएर रू. १ अर्ब १५ करोड पुर्‍याउने प्रस्ताव रहेको छ । साथै, स्वतन्त्र सञ्चालकको नियुक्ति गर्ने, प्रस्तावित बोनस शेयर वितरणपछि चुक्तापूँजी रू. १ अर्ब १२ करोड २१ लाख ७० हजार पुग्ने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन हुने प्रस्ताव पनि पारित गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस ६ गतेदेखि सभाको मितिसम्म बुक क्लोज गर्नेछ । तसर्थ, पुस ५ गतेसम्म कायम शेयरधनीले मात्र प्रस्तावित लाभांश र सभामा भाग लिन सक्नेछन् ।