फरवार्ड लघुवित्तको बम्पर लाभांश प्रस्ताव, ३५ प्रतिशत बोनस र ७ प्रतिशत नगद

फरवार्ड लघुवित्तको बम्पर लाभांश प्रस्ताव, ३५ प्रतिशत बोनस र ७ प्रतिशत नगद

सुरेश शर्मा
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
फरवार्ड लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७७।७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई ४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

लघुवित्त संस्थाको मंसिर २१ गते, मंगलबार सम्पन्न सञ्चालक समितिको ११२ औं बैठकले चुक्ता पूँजीको ३५ प्रतिशत बोनस शेयर र कर प्रयोजन सहित ७ प्रतिशत नगद गरी कुल ४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश अनुुसार कम्पनीले २१ करोड ८९ लाख ३१ हजार ७३७।५० रुपैयाँ बराबरको बोनस शेयर र ४ करोड ३७ लाख ८६ हजार ३४७।५० रुपैयाँ बराबरको नगद गरी कुल २६ करोड २७ लाख १८ हजार ८५ रुपैयाँ बराबरको लाभांश वितरण गर्न प्रस्ताव गरिएको कम्पनी सचिव कृष्णप्रसाद भट्टराईले जानकारी दिए ।

लघुवित्त सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई र लघुवित्त संस्थाको आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात मात्र लगानीकर्तामा वितरण हुनेछ ।

हाल लघुवित्तको चुक्ता पूँजी ६२ करोड ५५ लाख १९ हजार २५० रुपैयाँ रहेको छ । प्रस्तावित २१ करोड ८९ लाख ३१ हजार ७३७ रुपैयाँ बराबरको बोनस शेयर वितरणपछि लघुवित्तको चुक्ता पूँजी ८४ करोड ४४ लाख ५० हजार ९८८ रुपैयाँ पुग्नेछ ।

बैंकले गत आवबाट प्रस्तावित लाभांश अघिल्लो आवको तुलनामा १०।४२ प्रतिशत धेरै हो । लघुवित्तले अघिल्लो आर्थिक वर्ष २०७६।७७ बाट २५ प्रतिशत बोनस शेयर र कर प्रयोजन सहित ६।५८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।