एक्सेल डेभलपमेन्ट बैंकको अवितरित हकप्रद लिलामीमा

एक्सेल डेभलपमेन्ट बैंकको अवितरित हकप्रद लिलामीमा


बैंकिङ्ग समाचार, काठमाडौं ।
बैंकले सर्वसाधारण समूहको २७ हजार २५७.२००४ कित्ता शेयर लिलाम बिक्री गर्न लागेको हो। बैंकले असोज २५ गतेदेखि कात्तिक २९ गतेसम्म १० बराबर ३ अनुपातमा प्रतिकित्ता १०० अंकित दरका २४ लाख ३३ हजार ३६३.६७४२ कित्ता हकप्रद शेयर निष्काशन तथा बिक्री गरेको थियो। सोही निष्काशनमा बिक्री नभएको शेयर बैंकले लिलाम बिक्री गर्न लागेको हो।

सो शेयर खरिदका लागि इच्छुक व्यक्ति, कम्पनी, संघ संस्थाहरुले मंसिर २९ गतेदेखि पुस ७ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन्। बैंकको शेयर बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका केन्द्रिय तथा शाखा कार्यालय र नेपाल इन्भेष्टमेन्ट बैंकका नारायणगढ, हेटौँडा, बिर्तामोड, जनकपुर, तुल्सीपुर दाङ, सुर्खेत, नेपालगञ्ज र धनगढीबाट बोलपत्र पेश गर्न सक्नेछन्।

शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ। त्यसैगरी, लगानीकर्ताले न्यूनतम १०० कित्ताका लागि आवेदन दिन सक्नेछन् भने अधिकतम शेयर संख्याको हकमा कुनै हद लाग्ने छैन।