काठमाडौं – मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। सोमबार ९ सय रुपैयाँले बढेर रेकर्ड मूल्य कायम गरेको सुनको मूल्य मंगलबार १२ सय रुपैयाँले घटेको हो। मंगलबार छापावाला १ लाख ४० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार १ लाख ४१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तेजाबी सुन १ लाख ३९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार तेजाबी सुन १ लाख ४१ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, मंगलबार प्रतितोला चाँदीको मूल्य १ हजार ८८५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार प्रतितोला चाँदीको मूल्य १ हजार ९४० रुपैयाँमा कारोबार भएको थियो।



About Us
प्रतिक्रिया