नेपाल रिको सीईओमा ५ जनाको नाम छनोट

नेपाल रिको सीईओमा ५ जनाको नाम छनोट


काठमाडौं- नेपाल पुनर्बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को लागि पाँच जनाको नाम छनोट भएको छ । हिजो बसेको सीईओ छनोट तथा सिफारिस समितिले पाँच जनाको नाम सर्टलिष्ट गरेको हो ।

नाम छनोटमा पर्नेहरुमा दामोदर भण्डारी, नारायण कुमार भट्टराई, बुद्ध काजी श्रेष्ठ, श्रीमान कार्की र सुरेन्द्र थापा रहेका छन् ।

सर्टलिष्टमा परेकाहरूलाई जेठ ११ गते नेपाल पुनर्बीमा कम्पनीको कार्यालयमा व्यावसायिक कार्यजोजनाको प्रस्तुतीकरण तथा अन्तवार्ताका लागि बोलाइएको छ ।