नेप्सेमा टिकेन बृद्धि, आज फेरी कारोबारसँगै परिसूचकमा पनि उच्च अंकको गिरावट

नेप्सेमा टिकेन बृद्धि, आज फेरी कारोबारसँगै परिसूचकमा पनि उच्च अंकको गिरावट


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको तेस्रो दिन आज मंगलबार उच्च अंकको गिरावट आएको छ । आजको कारोबार शुरु भएदेखि वृद्धि भएको नेप्से अन्ततः घटेर बन्द भएको हो । सोमबार भने नेप्सेमा दोहोरो अंकको वृद्धि भएको थियो ।  

आज नेप्से ३७.१८ अंकले घटेर दुई हजार ५ सय ८ दशमलब ९१ विन्दुमा थामिएको हो । त्यस्तै, आज इन्डेक्ससँगै कारोबार पनि घटेको छ । आज ३ अर्ब १२ करोड ८३ लाख बराबरको कारोबार भएको छ ।   

नेप्सेका अनुसार आज अधिकांश म्युचुअल फण्डमा सामान्य वृद्धि देखिएको छ ।त्यस्तै, आज आईसीर्एफसी फाइनान्सको शेयरमूल्यमा उच्च गिरावट आएको छ । आज यस कम्पनीको शेयरमूल्य करिब ७ प्रतिशत भन्दा बढीले घटेको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार प्रइम कमर्शियल बैंकको भएको छ । यस बैंकको आज १२ करोड ३६ लाख भन्दा बढीको कारोबार भएको छ ।