गणपति लघुवित्तले लाभांश पारित गर्न पौष १७ लाई डाक्यो साधारण सभा

गणपति लघुवित्तले लाभांश पारित गर्न पौष १७ लाई डाक्यो साधारण सभा


बैंकिङ्ग समाचार, काठमाडौं ।
लाभांश पारित गर्न गणपति लघुवित्तले डाक्यो साधारण सभा, बुकक्लोज कहिले रु

गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाको हिजो (मंसिर २० गते, सोमबार) बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार संस्थाको पाँचौ वार्षिक साधारण सभा पौष १७ गते शनिबार, ह्वाइट हाउस पार्टी प्यालेस, शुक्लागण्डकी -४, दुलेगौँडा, तनहुँमा बिहान ११ बजेबाट हुनेछ ।

सभामा संस्थाको कार्तिक १० गते, बुधबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

त्यसैगरी, संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि पौष ७ गतेदेखि पौष १६ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पौष ६ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

संस्थाको सूचना :

\"61aeeddc7663b.jpg\" \"61aeede103476.jpg\" \"61aeede56be93.jpg\" \"61aeedeb30952.jpg\"