सांग्रिला डेभलपमेन्ट बैंकले संचालनमा ल्यायो (सांग्रिला रेमिट)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
पछिल्लो समय शाखा बिस्तार तथा विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु समेतमा उल्लेखनीय हिसाबले वृद्धि गरिराखेको सांग्रिला डेभलपमेन्ट बैंकले, देश भित्रै एक ठाउँबाट अर्को ठाउँमा सरल र सहज रुपमा रकम स्थानान्तरण गर्ने सुविधाको लागि सांग्रिला रेमिटको नामबाट आफ्नै रेमिट सेवा संचालनमा ल्याएको छ ।

यस सेवा अन्तर्गत जुनसुकै नेपाली नागरिकले बैंकको जुनसुकै शाखा तथा एजेण्टकोमा गई नेपालभर आफ्नो इछ्याइएको व्यक्तिलाई सिधै रकम पठाउन तथा जुनसुकै बैंकको खातामा सजिलै रकम जम्मा गर्न सक्नेछन।  बैंकले संचालनमा ल्याएको यस सेवा आन्तरिक बिप्रेषण को लागि हो भने बिदेशमा रहेका नेपालीहरुले आर्जन गरेको रकमलाई समेत बैंकिंग प्रणालीबाट नेपालमा ल्याई सम्बन्धित प्राप्तकर्तालाई भुक्तानी दिने सम्बन्धि अन्तरास्ट्रिय रेमिट्यान्स सेवा समेत छिट्टै संचालनमा ल्याइने छ ।

सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकवर्ग तथा शेयरधनीहरुको विश्वासले अलग्गै पहिचान बनाउन सफल भई हाल सम्म सफलताका सोह्रौं वर्ष पार गरिसकेको छ । सांग्रिला डेभलपमेन्ट बैंकका  देशभर १०४ शाखा तथा, ३१ एटिएम संचालनमा छन्।