गिरिबन्धु जग्गा सट्टा भर्ना प्रकरणमा बालेनको स्टाटसः ‘तेरो यो अपराधसँग मेरो यो अपराध मिलाउँ भन्ने बार्गेनिङ नगराैँ’

गिरिबन्धु जग्गा सट्टा भर्ना प्रकरणमा बालेनको स्टाटसः ‘तेरो यो अपराधसँग मेरो यो अपराध मिलाउँ भन्ने बार्गेनिङ नगराैँ’


काठमाडौं– काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले गिरिबन्धु जग्गा सट्टा भर्ना प्रकरणमा दायाँबायाँ नसोची कुनै बार्गेनिङ नगरी तत्काल पहलकदमी चाल्नुपर्ने बताएका छन् । सोमबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै प्रमुख वालेनले सरकार भत्केला कि भन्ने नडराई, तेरो यो अपराधसँग मेरो यो अपराध मिलाउँ भन्ने बार्गेनिङ नगरी तत्काल पहलकदमीको आवश्यकता रहेको बताएका हुन् ।

साथै बालेनले गिरिबन्धु टी–इस्टेट जसरी सट्टाभर्ना लिन खोजेका एक सय एक कम्पनीको नाम सार्वजनिक गरेका छन् । उनले गिरिबन्धुलाई जग्गा सट्टाभर्ना गर्दै बेच्न दिने भने पछि अरू १०० भन्दा बढी कम्पनीले गिरिबन्धु जसरी नै हदबन्दी छुट र सट्टापट्टा पाउनुपर्ने भन्दै निवेदन हालेको बताएका हुन्।

उनले भनेका छन्,‘गिरिबन्धुलाई जग्गा सट्टाभर्ना गर्दै बेच्न दिने भने पछि अरु १०० भन्दा बढि कम्पनीले गिरीबन्धु जसरी नै हदबन्दी छुट र सट्टापट्टा पाउनुपर्ने भन्दै हजारौँ बिगा जमीन बेच्न पाउने निवेदन हालेका थिए । यसरी सबै कम्पनीलाई हदबन्दी छुटको नीतिगत निर्णय गर्दा कम्तीमा पनि ५० खर्बसम्मको खेलोफड्को हुने सम्भावना रहेको आँकलन गरिएको छ’ बिचौलियाहरू कानून नै परिवर्तन गर्न कुरेर बसेको उनको भनाइ छ।

‘यदि त्यस्तो भयो भने यसले राज्यको खर्बौं रकम अपचलनको ढोका खोलिदिन्छ। जुन रकम राज्यसँग हुने हो र सदुपयोग गर्ने हो भने १० हजार मेघावाट बिजुली निस्किने आयोजना बन्ला, २२ खर्ब नेपाली को ऋण तिर्न सकिएला, स्वास्थ्य बीमामा झन् धेरै सुविधा दिन सकिएला, हजारौं किलोमिटर रेलको लिक बन्ला। देशले ऋण नै लिन नपर्न सक्ला,’बालेनको तर्क छ।

‘यसै पनि सर्वोच्चले बाँझो भए वा अरू नै प्रयोजनमा भए सरकारीकरण गर्नु भनिसकेको छ। त्यो गरीहालौं। अनि, घडेरी दिने प्रलोभनमा धेरै मान्छेसँग बैना पनि लिइएको छ। त्यो रकम करोडौं हुन सक्छ। ती मान्छेलाई विश्वासमा लिई घडेरी बेच्न बैना लिनेहरूविरुद्ध ठगी उजुरी सुरू गरौं,’ उनले भनेका छन्।

यस्ताे छ प्रमुख बालेनकाे स्टाटसः