नेप्से धेरै दिनपछि हरियो, सोमबार ३२ अंकले बढ्यो

नेप्से धेरै दिनपछि हरियो, सोमबार ३२ अंकले बढ्यो


बैंकिङ्ग समाचार, काठमाडौं ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (साेमबार) सेयर कारोबार मापक नेप्से परिसूचक ३२.२२ अंकले बढेर २५४६.०९ विन्दुमा पुगेकाे छ । नेप्से १.२८ प्रतिशतले बढेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ७.६३ अंकले बढेर ४८०.९८ विन्दुमा झरेकाे छ । 

कूल २२७ वटा कम्पनीकाे ९४ लाख ७१ हजार ३ सय ११ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ५४ करोड २३ लाख ४५ हजार २ सय ७१ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ। स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहकाे सेयर बढेको छ । सबैभन्दा धेरै विकास बैंक समूह बढेकाे छ ।

साेमबार नबिल बैंक लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । बैंककाे १७ कराेड १५ लाख ९३ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज मेराे माइक्राेफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । कम्पनीकाे सेयरमूल्य १० प्रतिशतले बढेर एक हजार एक सय ५७ रूपैयाँ २० पैसा पुगेकाे छ ।

यस दिन जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडकाे लगानीकर्ताहरूले सबैभन्दा धेरै गुमाएका छन् । संस्थाले आजै मात्र लाभांश घाेषणा गरेकाे थियाे । संस्थाको मंसिर १९ गते, आइतबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३१५७ प्रतिशत नगद गरी कुल २६.३१५७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । संस्थाकाे लाभांशकाे नकारात्मक प्रभाव परेकाे छ ।