एचआईडिसीएलले लाभांश पारितको एजेन्डा सहित पुस २२ गते लाई बोलायो साधारण सभा

एचआईडिसीएलले लाभांश पारितको एजेन्डा सहित पुस २२ गते लाई बोलायो साधारण सभा


बैंकिङ्ग समाचार, काठमाडौं ।
हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेण्ट एण्ड डेभपलपमेण्ट कम्पनी (एचआईडिसीएल) ले पुस २२ गते १०औं वार्षिक साधारण सभा गर्ने भएको छ ।

सभा बिहान ९ बजे कम्पनीको कार्यालय हात्तिसार काठमाडौंमा गर्ने जानकारी गराएको छ । सभाले ८ प्रतिशत बोनस शेयर र  शून्य दशमलव ४२१ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि कम्पनीले शेयरधनीदर्ता पुस्तिका पुस ५ गते बन्द गर्ने जानकारी गराएको छ । यस आधारमा पुस ४ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।

कम्पनीको मंसिर २० गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।