काठमाडौंँ–लघु बीमकहरुको छाता संगठनको रुपमा ‘नेपाल लघु बीमक संघ’ गठन भएको छ । जेठ ३ गते जिल्ला प्रशासन कार्यालय ललितपुरमा लघु बीमकको संगठन दर्ता भएको हो।
नवगठित संघको अध्यक्षमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी अध्यक्ष रहेका छन्। भण्डारीको अध्यक्षतामा गठित कार्यसमितिमा स्टार माइक्रो इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विश्वराम तिमिला उपाध्यक्ष, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नरेशकुमार रोका सचिव र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रामकुमार यादव कोषाध्यक्ष रहेका छन्।
यसै गरि सदस्य हरुमा ट्रष्ट माइक्रोे इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत उज्जल ढुङ्गाना, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मृगेन्द्र नाथ रिमाल र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रताप मान श्रेष्ठ रहेका छन् ।
लघु बीमा विस्तारको लागी नेपाल बीमा प्राधिकरण लगायत सम्बन्धित संघ सस्थाहरु संग सहकार्य र समन्वय गरी समावेसी बीमाको अवधारणालार्इ अगाडी बढाउन यसको सुरुवात गरिएको संघले जनाएको छ।
प्रतिक्रिया