९६ करोड बराबरको आईपीओ ल्याउदै पिपुल्स हाइड्रोपावर

९६ करोड बराबरको आईपीओ ल्याउदै पिपुल्स हाइड्रोपावर


बैंकिङ्ग समाचार, काठमाडौं ।
पिपुल्स हाइड्रोपावर कम्पनीको ९६ लाख कित्ता शेयरको ९६ करोड बराबरको प्राथमिक शेयर(आईपीओ) निस्कासन गर्ने भएको छ । हाइड्रोले शेयर प्रत्याभूतिकर्ताका लागि नागरिक लगानी कोषलाई नियुक्त गरेको छ । कम्पनीको शेयर प्रत्याभुतिकर्ता सम्बन्धी सम्झौतामा कोषका कार्यकारी निर्देशक रमण नेपाल र हाइड्रोपावरका प्रबन्ध सञ्चालक केशवबहादुर रायमाझीले हस्ताक्षर गरेका छन ।

हाइड्रोपावरले लमजुङको दोर्दी नदीबाट ५४ मेगावट विद्युत उत्पादन हुने आयोजना रहेको छ । हाइड्रोपावरको निस्काशन तथा बिक्री प्रबन्धकको रुपमा सानिमा क्यापिटल रहेको छ ।