नेरुडे लघुवित्तको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

नेरुडे लघुवित्तको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको लिलामी शेयरमा आवेदन दिने अन्तिम दिन आज (सोमवार) रहेको छ ।

कम्पनीले १ हजार ४९४ कित्ता संस्थापक शेयर कात्तिक १६ गतेदेखि लिलामीमा ल्याएको हो । इच्छुक आवेदकले सोमवार कार्यालय समयभित्र आवेदन दिन सक्नेछन् । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू। ४०० तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

आवेदकले शेयर बोलकबोल गर्दा न्यूनतम ५०० कित्ताका लागि आवेदन दिन सक्नेछन् भने अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन पाउने कम्पनीले जानकारी गराएको छ । विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।