कामना सेवा विकास बैंकको ३१००० बढी संस्थापक शेयर विक्रीमा

कामना सेवा विकास बैंकको ३१००० बढी संस्थापक शेयर विक्रीमा


बैंकिङ्ग समाचार, काठमाडौं ।
कामना सेवा विकास बैंकले संस्थापक शेयर विक्री गर्ने भएको छ ।

कम्पनीले सोमवार एक सूचना जारी गर्दै कम्पनीका संस्थापक शेयरधनी रुपेश थापाको नाममा रहेको ४ हजार ८३५ कित्ता र श्रीराम पाण्डेको नाममा रहेको २६ हजार ८९४ कित्ता शेयर विक्री गर्ने जानकारी गराएको हो । शेयरको प्रतिकित्ता मूल्य भने तोकिएको छैन ।

उक्त शेयर खरीद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले यो सूचना प्रकाशित गरेको आजको मितिले ३५ दिनभित्र कम्पनीको प्रधान कार्यालय ज्ञानेश्वर, काठमाडौंमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

उक्त समय अवधिमा शेयर खरीद गर्न निवेदन नआएमा प्रचलित कानून बमोजिम उक्त शेयर अन्य व्याक्ति संघ संस्थालाई विक्री गर्ने कम्पनीले जानकारी गराएको हो ।