जनउत्थान सामुदायिक लघुवित्तले गर्यो लाभांश घोषणा, बोनस २५ प्रतिशत

जनउत्थान सामुदायिक लघुवित्तले गर्यो लाभांश घोषणा, बोनस २५ प्रतिशत


बैंकिङ्ग समाचार, काठमाडौं ।
जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ  ।

संस्थाको मंसिर १९ गते, आइतबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३१५७ प्रतिशत नगद गरी कुल २६.३१५७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्विकृत भई र संस्थाको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।

संस्थाको सूचना:

\"61ad94a0e78bf.jpg\"