३ लाख कित्ता संस्थापक शेयर बिक्री गर्दै कुमारी बैंक

३ लाख कित्ता संस्थापक शेयर बिक्री गर्दै कुमारी बैंक


बैंकिङ्ग समाचार, काठमाडौं ।
कुमारी बैंकले ३ लाख संस्थापक शेयर बिक्री गर्ने भएको छ ।

बैंकले संस्थापक शेयरधनी भीम कृष्ण उदासको नाममा रहेको उक्त शेयर बिक्री गर्न लागिएको जनाएको छ ।

सोमबार जारी सूचनामा शेयरको न्यूनतम प्रतिकित्ता मूल्य भने तोकिएको छैन । लिलामी मार्फत शेयर खरी दगर्न चाहने लगानीकर्ता र बिक्रेताले तोके बमोजिम मूल्य निर्धारण हुनेछ ।

उक्त शेयर खरीद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले यो सूचना प्रकाशित गरेको आजको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

बैंकको प्रधान कार्यालय टंगाल, काठमाडौं वा बैंकको शेयर रजिष्ट्रार, नक्साल, काठमाडौंमा आइपुग्ने गरी निवेदन पेश गर्न बैंकले अनुरोध गरेको छ ।

उक्त समय अवधिमा शेयर खरीद गर्न निवेदन नआएमा उक्त शेयर अन्य व्यक्ति संघ संस्थालाई बिक्री गर्ने कम्पनीले जानकारी गराएको हो ।