नेपाल बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

नेपाल बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


बैंकिङ्ग समाचार, काठमाडौं ।
आज मंसिर २० गते, सोमबार, नेपाल बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले मंसिर २१ गते शेयरधनी दर्ता पुस्तिका बन्द (बुकक्लोज) गर्ने भएको छ। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

बैंकले हाल कायम चुक्ता पूँजीको १४ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित गरी ३ प्रतिशत नगद लाभांश गरी कुल १७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो। सोही लाभांश प्रस्ताव पारित गर्न बैंकले पुस २ गते, शुक्रबार, आफ्नो प्रधान कार्यालय, धर्मपथ, काठमाडौँमा ६२ औँ वार्षिक साधारण सभा डाकेको छ। यसका साथै बोनस वितरणपश्चात हुने चुक्तापूँजी वृद्धि अनुसार बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि सो सभाले पारित गर्नेछ।

हाल बैंकको चुक्ता पूँजी १२ अर्ब ६३ करोड ६७ लाख ५८ हजार ६२४ रुपैयाँ रहेको छ। १४ प्रतिशतका दरले बोनस शेयर वितरणपश्चात बैंकको चुक्ता पूँजी १४ अर्ब ४० करोड ५९ लाख ४ हजार ८३१ रुपैयाँ पुग्नेछ।