रोकिएका आइपिओ स्वीकृती अघि बढाउने तयारीमा धितोपत्र बोर्ड

रोकिएका आइपिओ स्वीकृती अघि बढाउने तयारीमा धितोपत्र बोर्ड


बैंकिङ्ग समाचार, काठमाडौं ।
लामो समयदेखि रोकिएका प्राथमिक निष्काशन प्रक्रिया पुन: अघि बढाइने भएको छ। नेपाल धितोपत्र बोर्डले रोकिएका प्राथमिक निष्काशनलाइ अघि बढाउने भएको हो।

बोर्ड अध्यक्षबिहीन भएका कारण लामो समयदेखि आइपिओ निष्कासन प्रक्रिया अबरुद्ध छ। तत्कालीन अध्यक्ष भीष्मराज ढुङ्गाना निलम्बन भए यता एउटा पनि आइपिओ स्वीकृत भएका छैनन्।

निष्कासन प्रक्रियानै अवरुद्ध भएपछि बोर्ड संचालकले बिस्तारै उक्त प्रक्रिया अघि बढाउन व्यवस्थापनलाइ निर्देशन दिएको छ। सोही निर्देशन बमोजिम प्रक्रिया अघि बढाउन लागिएको बोर्डका कार्यकारी निर्देशक नीरज गिरिले बताए। “बिस्तारै हामी आइपिओ स्वीकृति दिने प्रक्रिया अघि बढाउदै छौ” गिरिले भने।

गिरिका अनुसार संचालक बोर्डले बिस्तारै आइपिओका फाइलहरु ल्याउन निर्देशन दिएको छ। उसले दिएको निर्देशन बमोजिम बोर्ड व्यवस्थापनले प्रक्रिया पुगेका कम्पनीहरुको फाइल अघि बढाउने छ। आउने बैठकमा प्रकृया पुगेका केही कम्पनीको स्वीकृतिको लागि संचालक बोर्डमा लगिने छ। यस अघि बोर्ड अध्यक्ष नियुक्ति नभएसम्म संचालक बोर्डले आइपिओ स्वीकृत नगर्ने संकेत गरेको थियो। तर अध्यक्ष नियुक्ति प्रक्रिया नै ढिलो हुदै गएपछि संचालक बोर्डले स्वीकृतिको लागि थोरै लचकता अपनाउने संकेत गरेको छ। सोही कारण प्रक्रिया अघि बढ्न लागेको हो।

प्राथमिक शेयर निष्कासन गर्न भन्दै बोर्डमा २५ कम्पनीको निवेदन परेका छन्। ६ अर्ब ८० करोड रुपैयाँ बराबरका ६ करोड १३ लाख कित्ता शेयर निष्काशनको लागि पाइप लाइनमा छन्।