सुनको भाउले बनायो फेरि नयाँ रेकर्ड

सुनको भाउले बनायो फेरि नयाँ रेकर्ड


काठमाडौं– साताको सुन कारोबारको पहिलो दिन आज आइतबार सुनचाँदीको भाउ १६ सयले बढेर नयाँ रेकर्ड बनाएको छ । शुक्रबार प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला आज प्रतितोला १ लाख ४० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज तेजावी सुनको भाउ पनि १६ सयले नै बढेको छ। आज तेजावी सुन प्रतितोला १ लाख ४० हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

साथै, नेपाल सुनचाँदी महासंघका अनुसार आज चाँदीको भाउ पनि ११० रुपैयाँ प्रतितोलाका दरले बढेको छ । आज चाँदी तोलामा १ हजार ९ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।