काठमाडौं – सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ट्रेजरी बिल जारी गर्ने भएको छ। कार्यालयले ३७ अर्ब ७३ करोड रुपैयाँमध्ये ३२ अर्ब ७३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको छ भने ५ अर्बको नयाँ ट्रेजरी जारी गर्न लागेको हो।
कार्यालयले २८ दिन, ९१ दिन, १८२ दिन र १ वर्षको ट्रेजरी बिल जारी गर्ने भएको हो। यस ट्रेजरी बिलका लागि सोमबार जेठ ७ गते दिउँसो ३ बजे बोलकबोल हुनेछ।
कार्यालयले २८ दिनको लागि १० अर्ब रुपैयाँ, ९१ दिनको लागि ७ अर्ब २३ करोड रुपैयाँ, १८२ दिनका लागि ८ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण तथा ५ अर्बको नयाँ ट्रेजरी र १ वर्षको लागि ७ अर्ब ५० करोड रुपैयाँबराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो ।
सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन्।



About Us
प्रतिक्रिया