सूर्योदय वोमी लघुवित्तको ६१ हजार बढि संस्थापक शेयर बिक्रीमा

सूर्योदय वोमी लघुवित्तको ६१ हजार बढि संस्थापक शेयर बिक्रीमा


काठमाडौं– एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको सूर्योदय वोमी लघुवित्तको संस्थापक शेयर लिलामीमार्फत बिक्रीमा राखेको छ । एक सूचना जारी गर्दै सूर्योदय वोमी लघुवित्तको ६१ हजार ८०५ कित्ता शेयर लिलामीमा राखेको जनाएको हो ।

शेयरको न्यूनतम मूल्य २ सय ९४ रुपैयाँ निर्धारण गरिएको छ । लगानीकर्ताले सेयर खरिदका लागि बोलपत्र पेस गर्दा न्यूनतम ५ हजार कित्तादेखि अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सक्ने संस्थाले जनाएको छ ।

बोलपत्र आवेदन काठमाडौं बबरमहलस्थित एनआईसी एशिया क्यापिटलको कार्यालय वा थापाथलीस्थित एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालयसँगै विराटनगर, वीरगन्ज, महेन्द्रनगर,पोखरा, बुटवल, धनगढी र सुर्खेत शाखा कार्यालयमा बुझाउन सकिने संस्थाले जनाएको छ ।