मुक्तिनाथ विकास बैंकद्वारा विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रमहरु सम्पन्न

मुक्तिनाथ विकास बैंकद्वारा विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रमहरु सम्पन्न


बैंकिङ्ग समाचार, काठमाडौं ।
मुक्तिनाथ विकास बैंक लि.ले सामाजिक उत्तरदायित्व अन्र्तरगत विभिन्न संध संस्था, व्यक्तिहरुलाई सहयोग गर्दै आएको छ । बैंकले हालसालै विभिन्न सामाजिक उत्तरदायित्वमुलक कार्यहरुको आयोजाना तथा सोही कार्यक्रम सम्पन्न गर्न सहयोग गरेको छ । बैंकले भुमहीमा वित्तीय साक्षरताको अभियानमा सहयोग पुग्ने गरि “फाइनान्सीयल लिट्रेसी” कार्यक्रम सम्पन्न गरेको छ। यसै गरी, बैंकले  तानसेनमा रहेका विभिन्न कलेजहरुमा मास्क तथा स्याजिटाइजर जस्था सामाग्रीहरु वितरण गरेको छ ।
 
यस सँगै, ट्राफिक सचेतनाकाको लागि वोर्ड राख्नका लागि बैंकले पार्वतिपुर बजार सामुदायिक संस्थालाई पनि रु २५ हजारको सहयोग गरेको छ । यस साथै ईलाका प्रहरी कार्यलायको डेढगाँउमा हिरातसमा पुस्तक कार्यक्रम संचालनका निमित्त बैंकले रु १०,००० को आर्थिक सहयोग गरेको छ । यसका साथै बैंकले मोटरसाइकल दुर्घटना परि अपाङ्ग अवस्थामा भएका आँधीखोला गाँउपालिका वडा नं ०६ का पदम बहादुर क्षेत्रीको उपचार तथा जिविकाका लागि रु १००,००० सहयोग गरेको छ । 

यस सहयोगहरुबाट मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै, यस सहयोगबाट सेवा क्षेत्रका नागरिक र व्यक्तिहरुको हितमा काम हुने विश्वास लिएको छ ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको ATM Card प्रयोग गरी नेपालभरी रहेको VISA Network मा आवद्ध अन्य जुन सुकै बैंकको ATM Machine बाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।