सनराइज बैंकद्धारा पुस १५ गते साधारण सभा आह्वान

सनराइज बैंकद्धारा पुस १५ गते साधारण सभा आह्वान


बैंकिङ्ग समाचार, काठमाडौं ।
सनराइज बैंक लिमिटेडले साधारण सभा आह्वान गरेको छ । 

बैंकको मंसिर १६ गते (बिहीबार) बसेको सञ्चालक समितको बैंठकको निर्णय अनुसार बैंको १४ औं वार्षिक साधारण सभा पुस १५ गते (बिहीबार) आम्रपालि बैंङक्वेट, बालुवाटार, काठमाडौंबाट बिहान ११.३० बजेबाट सुरु हुनेछ । 

सभामा गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको ६.६५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३५ प्रतिशत नगद गरी कुल ७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

त्यस्तै, लेखापरीक्षकको प्रतिवेदनसहित २०७८ असार मसान्तको वासलता तथा सोही मितिमा समाप्त भएको आ.व २०७७/७८ को नाफा-नोक्सा हिसाब तथा नगद प्रवाह वितरण लगायतका बार्षिक वित्तीय विवरण छलफ गरी पारित गरिने, अध्यक्षज्यूको मन्तव्यसहितको आ.व २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन छलफगरी पारित गर्ने लगायका प्रस्तावहरु रहेका छन् । 

त्यसैगरी, बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि पुस ४ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, मंसिर २ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।