नयाँ सारथी लघुवित्तका सीईओ रामबहादुर खड्काले दिए राजीनामा

नयाँ सारथी लघुवित्तका सीईओ रामबहादुर खड्काले दिए राजीनामा


बैंकिङ्ग समाचार, काठमाडौं ।
नयाँ सारथी लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सीईओ रामबहादुर खड्काले पदबाट राजीनामा दिएका छन् ।

घरायसी कारण उल्लेख गरि सीईओ खड्काले दिएको राजीनामा गत मंसिर १७ बसेको सञ्चालक समितिको बैठकले आगामी पुस १ गतेदेखि लागू हुने गरी स्वीकृत  गरेको  कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।

साथै कम्पनीले मंसिर १८ गतेदेखि मंसिर ३० गतेसम्मका लागि प्रमुख कार्यकारीको अधिकार र जिम्मेवारी प्रयोग गर्ने गरी निमित्त सीईओको जिम्वेवारी नायव प्रमुख कार्यकारी सरोज घिमिरेलाई दिने निर्णय भएको पनि बताएको छ ।