नेपाल इन्भेष्टमेण्ट बैंकको सभाले ४ जना सञ्चालक निर्वाचित गर्‍यो

नेपाल इन्भेष्टमेण्ट बैंकको सभाले ४ जना सञ्चालक निर्वाचित गर्‍यो


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल इन्भेष्टमेण्ट बैंकमा चार जना सञ्चालक निर्वाचित भएका छन् । 

कम्पनीको गत मंसिर १७ सम्पन्न वार्षिक साधारण सभाले सञ्चालकमा पृथ्वीबहादुर पाँडे,प्रजन्य राजभण्डारी, सूर्य प्रकाश लाल श्रेष्ठ र कवि कुमार टिवरेवाल निर्वाचित भएका हुन ।
ती सञ्चालकहरु संस्थापक शेयरधनी समूहबाट निर्वाचित भएको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।