काठमाडौं– नेपाल राष्ट्र बैंकले घरजग्गा खरिद प्रयोजनमा लचिलो नीति लिएको छ । शुक्रबार राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षा गर्दै घरजग्गाको ऋणमा सहजिकरण गर्दै हालको ५० प्रतिशतको सिमालाई बढाएर ७० पुर्याएको हो ।
केन्द्रीय बैंकले घरजग्गा कारोबारमा देखिएको शिथिलताका कारणले आन्तरिक मागमा अपेक्षित विस्तार हुन नसकेको उल्लेख छ । यसले गर्दा नेपालको समग्र आर्थिक वृद्धिदर कम नै रहने देखिएको भन्दै यस्तो नीति लिएको छ ।
प्रतिक्रिया