रिलायन्स इन्स्योरेन्सको चौथो वार्षिक साधारण सभा आह्वान

रिलायन्स इन्स्योरेन्सको चौथो वार्षिक साधारण सभा आह्वान


बैंकिङ्ग समाचार, काठमाडौं ।
रिलायन्स इन्स्योरेन्स कम्पनीले पुस ११ गते आइतबार बिहान ११ बजे चौथो वार्षिक साधारण सभा बोलाएको छ ।
कम्पनीको मंसिर १७ गते शुक्रबार सम्पन्न सञ्चालक समितिको ९६ औं बैठकले सो मितिमा अनमोल बैङ्क्वेट शंखमुल, काठमाडौंमा चौथो वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको हो ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम प्रति शेयर ५.२६३२ अर्थात ११ करोड ०५ लाख २७ हजार २०० रुपैयाँ नगद लाभांश (प्रस्तावित नगद लाभांश बापतको कर सहित) वितरण गर्न स्वीकृत गर्नेछ ।

सभाको विशेष प्रस्तावमा कम्पनीको नियमावलीमा प्रस्ताव भए बमोजिम आवश्यक संशोधन गर्ने, कम्पनीको नियमावलीको प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट कुनै सुझाव वा निर्देशन भएमा सो लाई समाविष्ट गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी दिने रहेको छ ।

यसैगरी कम्पनीले आ.व. २०७६।७७ मा संस्थागत सामाजिक उत्तरदायित्व अँतर्गत कोभिड प्रभावितलाई सहयोग गर्न नेपाल सरकारलाई प्रदान गरेको आर्थिक सहायता वापतको रकम ७ लाख ५० हजार कम्पनी ऐन, २०६३ बमोजिम अनुमोदन गर्नेछ ।

सञ्चालक समितिका आ.व.२०७६।७७ का वाषिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व.२०७६।७७ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु स्वीकृत गर्ने र कम्पनीको आ.व.२०७७।७८ को लागि लेखापरीक्षक नियक्ती गर्ने र निजको पारीश्रमिक निर्धारण गर्ने समान्य प्रस्ताव रहेको छ ।
यसैगरीे सभाबाट सञ्चालक समितिमा साधारण शेयरधनीबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन पनि गर्नेछ ।

साधारण सभा एवं सोमा प्रस्तावित नगद लाभांशको प्रयोजनार्थ कम्पनीको शेयरधनी दर्ता पुस्तिका मिति २०७४ मंसिर २६ गते (एक दिन) बन्द गर्ने निर्णय गरेको छ । यसअनुसार मंसिर २३ गते बिहीबारसम्म नेप्सेमा शेयर कारोबार भई शेयरधनी कायम लगानीकर्ताले मात्र लाभांश र साधारण सभामा भाग लिन पाउनेछन् ।