राइट ब्याक प्रोभिजनले बढायो नेशनल हाइड्रोपावरको नाफा, पहिलो पटक धनात्मक भयो रिजर्भ

राइट ब्याक प्रोभिजनले बढायो नेशनल हाइड्रोपावरको नाफा, पहिलो पटक धनात्मक भयो रिजर्भ


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेशनल हाइड्रो पावर कम्पनी (एनएचपीसी) को जगेडा कोष १२ बर्षपछि पहिलो पटक धनात्मक भएको छ। तल्लो इन्द्रवति जलविद्युत आयोजनाको लाइसेन्स पाएपछि बैंकको जगेडा कोष धनात्मक भएको हो।

साढे ४ मेगावाटको यो परियोजनामा एनएचपीसीकै लगानी थियो। तर पछि यो आयोजना खोसिएको थियो। इन्द्रावति सरकारले खोसेपछि एनएचपीसीले गरेको लगानी डुबेका कारण नोक्शानी ब्यवस्थापन गर्नु परेको थियो।

त्यो परियोजना पुन: फिर्ता आएपछि नोक्शानी ब्यवस्थापनको रकम पनि फर्किएको हो। यो रकम ६१ करोड ७२ लाख रुपैयाँ छ। यो रकम फर्किएका कारण एनएचपीसीको जगेडा कोष धनात्मक भएको हो। 

गत आर्थिक बर्षको अन्तिम त्रैमासमा एनएचपीसी २९ लाख रुपैयाँ नोक्शानीमा गएपनि चार बर्षदेखि निरन्तर नाफामा छ। चालु बर्षको पहिलो त्रैमासमा पनि कम्पनीले ५८ करोड ७४ लाख रुपैयाँ खुद नाफा गरेको छ।

एकातिर जगेडा कोष धनात्मक र अर्कोतिर खुद नाफामा सुधार भएपछि परियोजना लाभांश दिन सक्ने अवस्थामा पुगेको छ। एनचएचपीसीको इन्द्रवति-३ जलविद्युत परियोजना बाढीका कारण क्षति भएको छ। यसका लागि कम्पनीले १० क रोड २१ लाख रुपैयाँ बीमा दावी गरेको छ। यो रकमलमाई आम्दानीमा देखाइएको छैन। परियोजना मर्मतसंहार गरेर भदौ १६ गतेबाट नियमित सञ्चालनमा छ।