प्राइम लाइफ इन्स्योरेन्सको साधारण सभा आइतवार

प्राइम लाइफ इन्स्योरेन्सको साधारण सभा आइतवार


बैंकिङ्ग समाचार, काठमाडौं ।
प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले आगामी आइतवार  साधारण सभा बोलाएको छ । 

कम्पनीले सभा अग्रवाल भवन कमलपोखरी, काठमाडौंमा अपरान्ह २ बजे गर्ने जानकारी दिएको छ । सभाले १५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७८ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । 

साथै सभाले २०७६/ ०७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७७ /०७८ को लागि लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 

त्यसैगरी सभाले हाल कायम संस्थापक र सर्वसाधारणको शेयर अनुपात ७० : ३० मा रहेको सो अनुपातलाई परिवर्तन गरी संस्थापक ६० प्रतिशत र सर्वसाधारणको ४० प्रतिशत (६० : ४०) कायम गर्ने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजनको लागि मंसिर १० गते बुक क्लोज गरिसकेको छ । यस आधारमा मंसिर ९ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।