बेरोजगारी दर ५ प्रतिशतमा सीमित पार्ने लक्ष्य

बेरोजगारी दर ५ प्रतिशतमा सीमित पार्ने लक्ष्य


काठमाडौं – आर्थिक वर्ष २०८५/८६ सम्म बेरोजगारी दर ५ प्रतिशतमा सीमित पार्ने लक्ष्य लिइएको छ । राष्ट्रिय योजना आयोगले १६औं आवधिक योजना सार्वजनिक गर्दै आर्थिक वर्ष २०८५/८६ सम्म प्रतिव्यक्ति आय वार्षिक २ हजार ३ सय ५१ अमेरिकी डलर पुर्याउने जनाएको छ।

आर्थिक वर्ष २०८५/८६ मा नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) १ सय खर्ब रुपैयाँभन्दा माथि पुर्याउने लक्ष्य पनि आयोगले लिएको छ। २०८५/८६ मा नेपालको आर्थिक वृद्धिदर ७.३ प्रतिशत पुर्याउने लक्ष्य १६औं योजनाले लिएको छ। यस्तै गरिबीको रेखामुनि रहेको जनसंख्या १२ प्रतिशतमा झार्ने पनि आयोगको लक्ष्य छ।

मुद्रास्फीति ५ प्रतिशतभित्र कायम राख्ने लक्ष्य १६ औं योजनाले लिएको हो। यस्तै औसत आयु ७३ वर्ष र साक्षरता ८५ प्रतिशत पुर्याउने लक्ष्य लिइएको छ।