नारायणी डेभलपमेन्ट बैंकको १०० प्रतिशत हकप्रद पुस ७ गतेदेखि निष्काशन हुने

नारायणी डेभलपमेन्ट बैंकको १०० प्रतिशत हकप्रद पुस ७ गतेदेखि निष्काशन हुने


बैंकिङ्ग समाचार, काठमाडौं ।
नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले पुस ७ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने भएको छ। बैंकले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

यसअनुसार बैंकले एक सय रुपैयाँ अंकित दरका १३ करोड १२ लाख ३३ हजार ८०० रुपैयाँ बराबरको १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद जारी गर्नेछ।

हकप्रद निष्काशनका लागि बैंकले मंसिर २४ गते शेयर दाखिला खारेजी (बुकक्लोज) गर्नेछ। यसअनुसार मंसिर २३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम यस बैंकका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन्।

बैंकको हकप्रद शेयरको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। हकप्रदमा ग्लोबल आइएमई क्यापिटल तथा नारायणी डेभलपमेन्ट बैंकका रजिष्टर्ड तथा सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरोशेयर सफ्टवेयर मार्फत पुस २७ गतेसम्म आवेदन दिन पाउनेछन्।

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले बैंकलाई इक्राएनपी आईआर सिंगल सी प्लस रेटिङ्ग प्रदान गरेको छ। यसले वित्तीय दायित्व पुरा गर्न ज्यादै उच्च जोखिममा रहेको संकेत गर्दछ।

हाल १३ करोड १२ लाख ३३ हजार ८०० रुपैयाँ रहेको यस कम्पनीको चुक्ता पूँजी हकप्रद निष्काशनपछि २६ करोड २४ लाख ६७ हजार ६०० रुपैयाँ पुग्नेछ।