काठमाडौं– उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गरेका छन्। गृहमन्त्री लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्ष, आगमन कक्ष, अध्यागमन, भन्सार जाँचपास, लगेज व्यवस्थापन लगायतको अनुगमन गरेका हुन्।
विमानस्थलमा अत्यधिक भिड हुने गरेको विषयमा चासो राख्दै लामिछानेले भीड व्यवस्थापनमा ध्यान दिन सम्बद्ध अधिकारीहरुलाई निर्देशन दिए। नेपालका हजयात्रीहरुलाई बिदाइ गर्न गएका लामिछानेले विमानस्थलको अनुगमन गरेका हुन्।
हिजरी सम्वत् १४४५ को हजका लागि पहिलो टोली बुधबार बेलुकी साउदी अरब प्रस्थान गरेको छ। उनीहरुलाई गृहमन्त्री लामिछाने र नेपालका लागि साउदी अरबका राजदूत साद नसिर अब्दुल्लाह अबु हमिदले खादा लगाइदिएर बिदाइ गरेका थिए।
प्रतिक्रिया