एफपीओ निष्कासन गर्न लागेको किसान लघुवित्तको वित्तीय अवस्था हेर्नुस्

एफपीओ निष्कासन गर्न लागेको किसान लघुवित्तको वित्तीय अवस्था हेर्नुस्


बैंकिङ्ग समाचार, काठमाडौं ।
किसान लघुवित्त वित्तीय संस्था एफपीओ निष्कासन गर्ने तयारीमा रहेको छ ।

कम्पनीले प्रतिकित्ता रू. १२५ मा  १२ लाख ९८ हजार २५९ कित्ता एफपीओ निष्कासन गर्ने तयारी गरिरहेको छ ।
उक्त एफपीओ निष्कासन गर्नका लागि कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ । धितोपत्र बोर्डबाट स्वीकृती पाएपछि कम्पनीले एफपीओ निष्कासन गर्नेछ ।

शेयर निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । धितोपत्र बोर्डबाट स्वीकृती पाएपछि मात्र कम्पनीले एफपीओ निष्कासन गर्नेछ । उक्त एफपीओ निष्कासन गर्नका लागि कम्पनीले गत असार २९ गते धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ । 

एनआरएन लघुवित्त वित्तीय संस्थाले दिब्य लघुवित्त वित्तीय संस्था, किसान माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थालाई गाभेपश्चात  एनआरएन लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार शुरु भएको थियो । पछि कम्पनीले नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार नाम परिवर्तन गरेर किसान लघुवित्त वित्तीय संस्थाबाट कारोबार गर्दै आएको छ ।

दोस्रो बजारमा सूचीकृत कम्पनीले सूचीकृत नभएको कम्पनीलाई प्राप्ति गरेपश्चात शेयर संरचना मिलाउनका लागि एफपीओ निष्कासन गर्नुपर्ने कानूनी प्रावधान भएकाले  कम्पनीले एफपीओ निष्कासन गर्न लागेको हो । 

कम्पनीले चालू आवको पहिलो त्रैमासमा रू. १ करोड १९ लाख नाफा कमाएको छ । यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा ३५ प्रतिशत घटेको हो । कम्पनीले गत आवको पहिलो त्रैमासमा रू. १ करोड ८५ लाख नाफा कमाएको थियो । त्यसैगरी कम्पनीको खुद ब्याज आम्दानी गत आवको तुलनामा चालू आवमा १२ प्रतिशतले वृद्धि भएको छ । 

गत आवमा रू. ७ करोड १९ लाख खुद ब्याज आम्दानी गरेको उक्त कम्पनीले चालू आवमा वृद्धि गरेर रू.८ करोड ६ लाख आम्दानी गरेको छ । कम्पनीको चुक्तापूँजी रू. ३९ करोड २८ लाख रहेको छ  । 

जगेडा कोषमा कम्पनीले रू. ३३ करोड ८३ लाख ४१ हजार सञ्चित गरेको छ । जगेडा कोष गत आवको तुलनामा चालू आवमा २७७ प्रतिशत वृद्धि भएको हो । गत आवमा कम्पनीले जगेडामा रू. ८ करोड ९७ लाख सञ्चित गरेको थियो ।

त्यसैगरी कम्पनीले चालू आवको पहिलो त्रैमाससम्ममा रू.५ अर्ब १५ करोड १६ लाख सापटि लिएर, रू. १ अर्ब २१ करोड २९ लाख ३९ हजार निक्षेप संकलन गरेर रू.६ अर्ब ३७ करोड ४५ लाख २४ हजार कर्जा लगानी गरेको छ ।

\"\"