दुई अर्ब ३८ करोड राजस्व संकलन


झापा – आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको दश महिनामा दुई अर्ब ३८ करोड २३ लाख ७५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयका प्रमुख कर अधिकृत कृष्णचन्द काफ्लेका अनुसार यो राजस्व चालु आवको साउनदेखि वैशाख मसान्तसम्मको हो ।

यस अवधिमा एक अर्ब २१ करोड ११ लाख ८० हजार रुपैयाँ आयकर बापत, ३१ करोड ९७ लाख ६४ हजार रुपैयाँ अन्तः शुल्कबापत र मूल्य अभिवृद्धि करबापत ८४ करोड ७६ लाख ४० हजार राजस्व संकलन भएको हो।

कार्यालयले निर्धारण गरेको लक्ष्यभन्दा ५१ करोड २३ लाख ५७ हजार कम संकलन भएको छ। उद्योग–व्यापारमा आएको मन्दीका कारण लक्ष्यअनुसार राजस्व संकलन हुन नसकेको कार्यालयका प्रमुख काफ्लेले बताए।

झापामा ठूला करदाता मित्तल, मनसा र सन्राइज सिमेन्ट उद्योग कोरोना महामारीपछि बन्द छन् भने व्यापारिक कारोबार सुस्त हुँदा राजस्व संकलनको लक्ष्य प्रभावित भएको उनले बताए।