मोदीले चलेका सबै एयरपोर्ट गौतम अडानीलाई बेचेको राहुल गान्धीको आरोप

मोदीले चलेका सबै एयरपोर्ट गौतम अडानीलाई बेचेको राहुल गान्धीको आरोप


भारत– भारतीय काँग्रेस आईका नेता राहुल गान्धीले प्रधानमन्त्रीले देशका विमानस्थल बेचेको आरोप लगाएका छन् । आफ्ना मित्र गौतम अडानीलाई देशका सबैभन्दा राम्राे एयरपोर्ट बेचेको र कालोधन चुनावमा प्रयोग गरेको आरोप समेत लगाएका छन् ।

चुनावी प्रचारका लागी लखनौ पुगेका गान्धीले विमानस्थलमा अवतरण भएपश्चात् यस्तो आरोप लागएका हुन् । लखनउ एयरपोर्ट सहित मुम्बई, गुवाहाटी लगायतका एयरपोर्ट ५० वर्षको लागी सित्तैमा दिएको आरोप लगाएका छन् । भारतमा यतीबेला लोकसभाको चुनावी माहोल भएकाले काँग्रेस र सत्तारुढ भारतीय जनता पार्टीका नेताबीच आरोप प्रत्यारोप जारी छ ।