भोलि बैंकिङ्ग प्रणालीबाट एकैपटक ५० अर्ब तान्दै राष्ट्र बैंक

भोलि बैंकिङ्ग प्रणालीबाट एकैपटक ५० अर्ब तान्दै राष्ट्र बैंक



काठमाडौं– अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले दोस्रो बैंकिङ्ग प्रणालीबाट पैसा तान्न लागेको छ। केन्द्रीय बैंकले भोलि जेठ ३ गते निक्षेप संकलन उपकरण प्रयोग गर्दै एकैपटक ५० अर्ब रुपैयाँ खिच्ने भएको छ।

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्। यो १४ दिने निक्षेप संकलन उपकरणको जेठ १७ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ। यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने जनाएको छ।