गुहेश्वरी मर्चेन्ट बैंकिङ्गको लाभांश घोषणा

गुहेश्वरी मर्चेन्ट बैंकिङ्गको लाभांश घोषणा


बैंकिङ्ग समाचार, काठमाडौं ।
गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

फाइनान्सले हाल कायम चुक्ता पूँजस्को १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ण्ं५२ प्रतिशत नगद लाभांश गरी कुल १०.५२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। मंसिर १५ गते बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।
हाल फाइनान्सको चुक्ता पूँजी ८६ करोड ४० लाख रुपैयाँ रहेको छ। १० प्रतिशतका दरले बोनस शेयर वितरणपश्चात फाइनान्सको चुक्ता पूँजी ९५ करोड ४ लाख रुपैयाँ पुग्नेछ।