प्रभु महालक्ष्मीको २५ लाख बढी कित्ता संस्थापक शेयर बिक्रीमा

प्रभु महालक्ष्मीको २५ लाख बढी कित्ता संस्थापक शेयर बिक्रीमा


काठमाडौं – प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न संस्थापक सेयरधनीका नाममा रहेको २५ लाख ८४ हजार ६ सय २५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।

कम्पनीले एक सूचना प्रकाशित गरी प्रभु बैंकको स्वामित्वमा रहेको कम्पनीको २१ लाख ९६ हजार कित्ता, विराटकुमार श्रेष्ठको स्वामित्वमा रहेको १ लाख ४१ हजार ३ सय २५ कित्ता, विनिता उपाध्यायको स्वामित्वमा रहेको १ लाख कित्ता, यादवेन्द्र गौतमको स्वामित्वमा रहेको १ लाख ९ हजार ८ सय कित्ता र प्रजितराज पराजुलीको स्वामित्वमा रहेको ३७ हजार ५ सय कित्ता गरी कुल २५ लाख ८४ हजार ६ सय २५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको जानकारी गराएको हो ।

उक्त सेयर खरिदका लागि कम्पनीका इच्छुक विद्यमान संस्थापक सेयरधनी सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिन सक्नेछन् । कम्पनीका अनुसार तोकिएको समयभित्र खरिद आवेदन नपरेमा कानुनबमोजिम अन्य व्यक्ति तथा संघसंस्थालाई सेयर बिक्री प्रक्रिया अघि बढाइने छ ।