कामना सेवा विकास बैंकको क्षेत्रीय तथा पुनर्निर्मित बुटवल शाखा कार्यालयको समुद्घाटन सम्पन्न

कामना सेवा विकास बैंकको क्षेत्रीय तथा पुनर्निर्मित बुटवल शाखा कार्यालयको समुद्घाटन सम्पन्न


बैंकिङ्ग समाचार, काठमाडौं ।
कामना सेवा विकास बैंक लिमिटेडले रुपन्देही जिल्ला बुटवल उप–महानगरपालिका वडा नं. ६, पुष्पलालपार्क स्थित शाखा कार्यालय रहेको भवनमा नै आफ्नो क्षेत्रीय कार्यालय स्थापना गरेको छ । बैंकका अध्यक्ष श्री सुदिप आचार्य र सञ्चालक श्री भिम प्रसाद तुलाचनले आज एक समारोहका बीच उक्त क्षेत्रीय कार्यालय तथा पुनर्निर्मित बुटवल शाखा कार्यालयको एकसाथ संयुक्त रुपमा समुद्घाटन गर्नु भएको थियो ।

ग्राहकहरुकोे सुविधालाई मध्यनजर गरी अत्याधुनिक सुविधा सम्पन्न शाखा कार्यालयद्वारा अझै सहज र छरितो रुपमा सेवा प्रदान गर्ने हेतुले हाल सञ्चालित कार्यालयको पुनर्निर्माण गरिएको थियो । बैंकको व्यवसायको मुख्य आधारको रुपमा रहेको बुटवलमा क्षेत्रीय कार्यालय स्थापनासंगै सेवा प्रवाह अझै छरितो र व्यवसाय समेत वृद्धि हने कुरामा आफू विश्वस्त रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत श्री प्रविण बस्नेतले बताउनु भयो ।

उक्त उद्घाटन समारोहमा बैंकका संस्थापकहरु, पत्रकारहरु, ग्राहकहरु, बैंकका क्षेत्रीय प्रमुख, तथा कर्मचारीहरु लगायत स्थानीय महानुभावहरुको उपस्थिति रहेको थियो ।