हिमालयन बैंक लिमिटेडको टीकापुर जमरापारीमा नयाँ शाखा सञ्चालन

हिमालयन बैंक लिमिटेडको टीकापुर जमरापारीमा नयाँ शाखा सञ्चालन


बैंकिङ्ग समाचार, काठमाडौं ।
हिमालयन बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा सुदुरपश्चिम प्रदेशको कैलाली जिल्ला स्थित टीकापुर नगरपालिका–०१, जमरापारीमा २०७८ साल मंसिर १४ गते मंगलबार देखि टीकापुर शाखा सञ्चालनमा ल्याएको छ । बैंकले उक्त शाखाहरुबाट सम्पुर्ण ग्राहक महानुभावहरुलाई अत्याधुनिक बैंकिङ्ग सुविधाहरु उपलब्ध गराउनेछ । 

टीकापुरका प्रतिष्ठित उद्योगी, व्यवसायी, पत्रकार तथा प्रतिष्ठित व्यक्तिहरुको उपस्थितिमा बैंकले यस शाखाबाट कारोवार सुरु गरेको छ । बैंकको यो शाखा कैलाली जिल्लाको चौथो तथा सूदुर पश्चिम प्रदेशको सातौं शाखा हो । टीकापुर शाखाले सम्पूर्ण आधुनिक बैंकिङ्ग सेवाहरु सहित लकर सेवा समेत सञ्चालनमा ल्याएको शाखा प्रबन्धक श्री देब अग्रवालले वताए ।

यस शाखाका साथै हाल बैंकको कुल शाखा संख्या ७३, विस्तारित काउन्टर संख्या ५ पुगेको छ भने ATM संख्या १४६ र ५००० भन्दा बढी POS Terminals संख्या पुगेको छ ।