लक्ष्मी बैंकको साधारण सभा पुस ८ गते, बुक क्लोज मंसिर २४ गते

लक्ष्मी बैंकको साधारण सभा पुस ८ गते, बुक क्लोज मंसिर २४ गते


बैंकिङ्ग समाचार, काठमाडौं ।
लक्ष्मी बैंक लिमिटेडले पुस ८ गते २१ औं वार्षिक साधारण सभा गर्ने भएको छ । 

कम्पनीको मंसिर १४ गतेको सञ्चालक समितिको बैठकले अग्रवाल भवन कमलपोखरी, काठमाडौंमा दिउँसो २ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०७७/ ७८ को वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै प्रस्तावित कुल ११ दशमलव ५ प्रतिशत लाभांशलाई समेत वितरणयोग्य बनाउने छ ।

 बैठकले हाल कायम चुक्तापूँजीको आधारमा ८ प्रतिशत बोनस शेयर र कर  प्रयोजन समेतका लागि ३ दशमलव ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर २४ गते बुक क्लोजको मितिसमेत तय गरिसकेको छ ।

बुक क्लोजको आधारमा मंसिर २३ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् ।