आरएमडीसी लघुवित्तद्धारा लाभांश घोषणा, २० प्रतिशत बोनस सेयर

आरएमडीसी लघुवित्तद्धारा लाभांश घोषणा, २० प्रतिशत बोनस सेयर


बैंकिङ्ग समाचार, काठमाडौं ।
आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ ।

बैंकको आज मंसिर १५ गते, (बुधबार) बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ५ प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्विकृत भई र संस्थाको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ ।

सूचना हेर्नुहोस् :

\"\"